२०८१ बैशाख १३, बिहिबार

रथयात्रामा चिरिबाबुको दोहेरो चरित्र

लहनान्युज | बछलाथ्व तृतीया ११४२, बैसाख २० मंगलवाः

स्थानीयको असन्तुष्टिकाबीच दुई वर्षदेखि रोकिएको रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि बुधबार शुरु हुने भएको छ ।
 
परम्परा अनुसार भोलि दिउँसो ३ बजे रथ पुल्चोकबाट तानेर गाबहाल पु¥याइनेछ ।
 
यस अघि २०७७ र २०७८ सालमा रथ निर्माण गरिएपनि परम्परागत रथयात्रा रोकिएको थियो।रथ तान्ने विषयमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दोहोरो भूमिका अपनाएको मात्र नभई सम्पदा अभियन्तालाई घरघरमा गएर पक्राउ गर्ने चर्को आवाज पनि राखेको स्थानीयले अझै बिर्सिएका छैनन्।रथ तान्ने दबाब दिने सांस्कृतिक अभियन्ताहरुलाई एक साता थुनामा राखेर मुद्दा चलाइएको थियो। पछि धरौटीमा रिहा गरी ६ महिनासम्म मुद्दा लम्ब्याइएको थियो।थुनामा राख्न प्रहरीलाई सबैभन्दा बढी दबाब मेयर महर्जनले दिएका थिए ।
 
२०७७ सालमा चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनकाबीच रातो मच्छिन्द्रनाथको रथ बनाइएको थियो।रथ तयार भएपनि तान्ने विषयमा सरोकारवालाबीच अन्यौलकाबीच स्थानीयले २०७७ भदौ १८ गते विहीबार स्वतस्र्फूत रथ तानेका थिए।झडपमा परी प्रहरी, स्थानीय र पत्रकारसहित दर्जनौं घाइते भएका थिए।रथयात्रा चाँडोभन्दा चाँडो टुंग्याउन गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय, ललितपुर महानगरपालिकालाई दबाब दिन सामाजिक सञ्जालमार्फत भेला भएका सयौं जनताले स्वतःस्र्फूतरुपमा रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप निम्तिएको थियो । झडपमा क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।
 
रथयात्राको विषयमा गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकाले महिनौंदेखि आलटाल गर्दै आएकाले चा“डोभन्दा चा“डो रथयात्रा टुंग्याउनका लागि दबाब दिन अभियन्ता पृथविन्दु महर्जनले सोही दिन बिहान सामाजिक सञ्जाल मार्फत पुल्चोकमा बोलाइएको थियो। मानिसहरु जम्मा हुन थालेपछि करिब डेढ घण्टा शान्तिपूर्ण प्रदर्शन पनि भएको थियो ।
 
११ बजे तोकिएको गुठी संस्थानको बैठक दिउँसो १ बजेका लागि सारिएको खबर आएपछि आफूहरुको मनमा चिसो पसेको महर्जनले बताउनुभयो । ‘ स्थानीयले रथ तान्न खोजेको थिए । सय मिटर जति तानेपछि झडप भयो।’ –उहाँले भन्नुभयो ।
प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरे भने आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्सायो ।शुरुमा मानिसहरु डेढ सय जति थिए।एक जना, दुई जना गर्दै भीड बढ्दै गएको थियो।लामो समयदेखि थाती रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्न स्थानीय आफै सडकमा आए भन्ने हल्ला एक कान दुई कान ह“ुदै मैदान भयो । त्यही हल्लाले जुर्मुराएर स्वतःस्फुर्त पुल्चोकमा भेला हुन थालेको थियो ।
 
काठमाडौं उपत्यकामा दिनप्रतिदिन संक्रमित थपि“दै गएको अवस्थामा मानिसहरु जम्मा हुनुमा गुठी संस्थान, महानगरपालिका र प्रशासनले स्थानीयको भावनामाथि खेलवाड गरेको आरोप छ।रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने साइत चैत २७ गते परेको थियो ।
 
तर, कोरोना महामारीका कारण रथ बन्न सकेको थिएन।यसले जात्रा होला कि नहोला भन्ने अन्योल नै थियो।यसैबीच असार १० गते लकडाउन खुकुलो भएका बेला गुठी संस्थानले रथ बनाउने काम शुरू गर्न अनुमति दियो । सम्बन्धित गुठियारहरू दिनरात रथ बनाउनमा लागे।रथ निर्माण भएपछि विधिपूर्वक जात्रा हुनेमा गुठियार र स्थानीय आशावादी भए।गुठी संस्थानले त्यति बेलै गुठियारहरू भेला गराएर यसपालि जात्रा गर्न सकि“दैन भनेर सरसल्लाह गरेका भए कुनै न कुनै विकल्प निकाल्न सकिन्थ्यो । 
 
यति मात्र होइन, जात्रा हुने कि नहुने अन्योलबीच रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराउने निर्णय गरियो र, विधिपूर्वक यो कार्य सम्पन्न भयो । त्यसपछि त झन् रथयात्रा हुनेमा स्थानीय ढुक्क भए । तर, यति हुँदा पनि रथयात्रा शुरू गरिएन । बरू रातो मच्छिन्द्रनाथलाई  महिनौंदेखि बीच सडकमा अलपत्र छाडियो ।
 
परापूर्वकालदेखिको जात्रा बीचैमा रोकिँदा र आफ्नो आस्थाको केन्द्र रातो मच्छिन्द्रनाथलाई बीच सडकमा छाडि“दा गुठियारहरू चिन्तित र आक्रोशित भए । उनीहरूले कोरोना महामारीको जोखिम ख्याल राख्दै सुरक्षा उपाय अपनाएर जसरी पनि जात्रा सम्पन्न गर्न सरकारसँग आग्रह गरे । कर्फ्यू लगाएर कसैलाई घरबाट निस्कन नदिई रथयात्रा चलाउन पनि उनीहरूले प्रस्ताव गरेका थिए ।
 
यही क्रममा रातो मच्छिन्द्रनाथका मूल पुजारी (पानेजु) कपिलमुनि वज्राचार्यका तर्फबाट कर्फ्यू वा निषेधाज्ञा लगाएर भए पनि जात्रा गराउन लिखित आग्रह पेस गरियो ।‘ कसरी सुरक्षित रथयात्रा गराउने भनेर खाकासमेत पेस गरिएको थियो। यसमा ललितपुर महानगरपालिका मेयर महर्जन र प्रशासनले कुनै सुनुवाइ गरेन ।’ रातो मच्छिच्छनाथका मूल पुजारी बज्राचार्ये झडपमा मेयर चिरिबाबु मुख्य दोष देख्नुहुन्छ ।
 
हामीले कोरोनाको जोखिम हेरेर सुरक्षितरूपमा रथयात्रा सम्पन्न गर्न सरकारलाई पटक–पटक सुझाव दिएका थियौं।संक्रमण फैलिने जोखिम छ भने रथ तान्नेहरूको पीसीआर परीक्षण गराएर जात्रा सञ्चालन गरौं पनि भनेको हो। कर्फ्यू लगाएर अरू कसैलाई आउन नदिऊ“ पनि भनेको हो। सरकारले हाम्रो कुनै कुरा सुनेन ।’ –पहिला रथ बनाउन लाग्ने चिरीबाबु रथतान्न नदिनेतर्फ लागे । ’ उहा“ले भन्नुभयो ।
 
उहा“ले भन्नुभयो ‘ रातो मच्छिन्द्रनाथलाई त्यतिका समय रथमा राखेर हेलचेक्र्याई गरियो।हाम्रो आस्था जोडिएको संस्कृति र भगवानको मामिलामा यस्तो खेलाँची गर्न मिल्छ? पहिले रथ बनाउन लगायो, बुंगद्यःलाई रथमा विराजमान गरायो, अनि पछि जात्रा गर्न दिएन। मेयर महर्जन र प्रशासनको यही कुरा चित्त नबुझेर जनता आक्रोशित हुँदै सडकमा आएका हुन् ।