२०८१ बैशाख ८, शनिबार

पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने तयारी

लहनान्युज | थिंला अष्टमी ११४२, मंसीर २५ सनिवाः

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि वरिष्ठ नेता पौडेल सभापतिको चुनाव नलड्ने भएका छन् ।

यो समूहबाट एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा पक्का छ । तर अर्को महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाललाई बनाउने कि विश्वप्रकाशलाई ल्याउने भन्ने छलफलमै छ।

केही नेताले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने भयो भन्दै डा.रिजाललाई उपसभापति लड्न आग्रह गरेका छन् ।