२०८१ बैशाख २७, बिहिबार

कांग्रेस सभापतिको लागि ६ जना नेता भिडन्त

लहनान्युज | थिंला अष्टमी ११४२, मंसीर २५ सनिवाः

नेपाली कांग्रेसको सभापतिका लागि चार शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंहले उम्मेदवारी दिएको छ। देउवा र कोइरालाले प्यानलसहित चुनाव लड्दैछन्। निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै, सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाएका छन् । उपसभापतिमा उनले पूर्णबहादुर खड्का र डा. विजय गच्छदारलाई अघि सारेका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल उनको प्यानलमा समेटिएका छन् । युवा नेता प्रदीप पौडेल सिटौला समुहको तर्फबाट देउवा प्यानलमा छन्।

कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समावेश गरिएको छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् । प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उभ्याएका छन् ।

शर्माले देउवाको प्यानलमा स्थान नपाएपछि सिंहको प्यानलमा खडा भएका हुन् । कांग्रेस सभापतिका लागि कम्तिमा ६ जना नेताहरुको भिडन्त निश्चित भइसकेको छ । लो प्रोफाइलका दुई उम्मेदवार कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।