२०८१ बैशाख १४, शुक्रबार

कांग्रेस महाधिवेशनमा बेलुकी ८ बजेसम्म ३५ सय मत खस्याे

थिंला दशमी ११४२, मंसीर २७ सोमवाः | थिंला दशमी ११४२, मंसीर २७ सोमवाः

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज भइरहेको मतदानमा तीन हजार पाँच सय आठ मत खसेको छ । 
 
महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ । 
 
कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ रहेको छ । 
 
आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएकोमा बिहान मतदान सुरु हुन ढिला भएपछि बेलुका ९ बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो।