२०८१ बैशाख २४, सोमबार

संसद अवरोध नगर्न सर्वदलीय बैठकबात आह्वान

लहनान्युज | थिंला पुन्ही ११४२, पुष ४ आईतवाः

संसद अवरोध नगर्न सर्वदलीय बैठकबात आह्वान संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन्।

आज आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ।