२०८१ बैशाख २४, सोमबार

शेयर बजारमा दोहोरो अंकको गिरावट

लहनान्युज | थिंलागा पारु ११४२, पुष ५ सोमवाः

साताको पहिलो कारोबार आज सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।

दिनभर देखिएको तीव्र उतारचढावपछि देखिइको हो। नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ ।

आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो।

त्यस्तै, माउन्टेन इनर्जी नेपालको शेयर ६ प्रतिशतले र नारायणी विकास बैंक, मैलुङ खोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिवर्टी इनर्जी र छ्याङ्दी हाइड्रोको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ।

समग्र बजार घटे पनि गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको शेयर १० प्रतिशतले बढेको छ।