२०८१ बैशाख २७, बिहिबार

त्रिभुवन विश्वविद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने

लहनान्युज | थिंलागा चतुर्थी ११४२, पुष ८ बिहीवाः

त्रिभुवन विश्वविद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने  त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ।

कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलको महाधिवेशन र विधान अधिवेशनमा भाग लिए कारबाही गर्ने त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिए विभागीय कारबाही गर्ने चेतावनी दिएको छ।

महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।कुनै पनि दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजनीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ।

यसअघि नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले पनि प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउने आदेश दिएको थियो ।