२०८१ बैशाख २६, बुधबार

मनकामना केबलकार आज देखि नियमित सञ्चालन

लहनान्युज | थिंलागा चतुर्थी ११४२, पुष ८ बिहीवाः

मनकामना केबलकार आज देखि पुनः नियमित सञ्चालनमा आएको छ।

स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो।

केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको हो।

केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो।

चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ।