२०८१ बैशाख २२, शनिबार

फाइजर खोप अभियान स्थगित

लहनान्युज | थिंलागा अष्टमी ११४२, पुष १२ सोमवाः

काठमाण्डौ उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ।
 
फाइजर खोप अभियानका लागि आवश्यक सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ।
 
यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पर्सि १४ गतेसम्म चल्ने छ ।
 
काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिन लागिएको हो।