२०८१ बैशाख २०, बिहिबार

¥यापर आशीष राना ‘लाउरे’सहित ४ जना ८ दिन थुनामा

लहनान्युज | थिंलागा द्धादशी ११४२, पुष १६ शुक्रवाः

 ¥यापर आशीष राना ‘लाउरे’सहित ४ जना लागूऔषध कारोबार आरोपमा पक्राउ परेका कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।

उनीहरु बुधबार लागूऔषधसहित पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो।

लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो भन्ने पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो।कारोबार पुष्टि भएको खण्डमा ¥यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ।

तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।