२०८१ बैशाख २०, बिहिबार

भारतमा थप २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि

लहनान्युज | थिंलागा औंसी ११४२, पुष १८ मंगलवाः

पछिल्लो २४ घण्टा भित्र भारतमा थप २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतभर कोरोनाका कारण २८४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

यस्तै, नयाँ भेरियन्ट ओमिक्रोण संक्रमितको संख्या भारतमा कोभिड–१९ एक हजार ५२५ पुगेको जनाइएको छ।

त्यसमध्ये ओमिक्रोनका सबैभन्दा बढी ४६० संक्रमित महाराष्ट्रमा छन्।