२०८१ बैशाख २२, शनिबार

सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन सिफारिस

लहनान्युज | थिंलागा सप्तमी ११४२, पुष २५ आईतवाः

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन सिफारिस गरेको छ।

गृहमन्त्रालय मार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

उनका अनुसार बैठकले राजनीतिक भेलाहरू नगर्न आह्वान गरेको छ । गर्नैपर्ने भएमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने छ।