२०८१ बैशाख २२, शनिबार

कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने प्रावधानको विरोधमा प्रदर्शन

लहनान्युज | थिंलागा सप्तमी ११४२, पुष २५ आईतवाः

पश्चिम युरोपमा दसौँ हजार मानिसहरूले कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने प्रावधानको विरोधमा प्रदर्शन गरेका छन् । खोप नलगाएका मानिसहरूको अधिकार सीमित बनाउने सरकारको योजना रहेको भन्दै त्यस विरुद्ध ¥याली गरेका हुन् । फ्रान्समा मात्रै एक लाख भन्दा बढी मानिसहरू सडकमा उत्रिएका छन्।
 
फ्रान्सको राजधानी पेरिसमा शनिबार चिसो र वर्षाका बाबजुद अधिकांश मास्क नलगाएका मानिसहरूले ‘सत्य’, ‘स्वतन्त्रता’ र ‘भ्याक्सिन पास हुनु हुँदैन’ लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए।
 
फ्रान्सको तल्लो सदनले कोभिड नियन्त्रणसम्बन्धी विधेयक अनुमोदन गरेपछि विरोध प्रदर्शन भएको हो । सो विधेयकअनुसार बाहिर खान, यात्रा गर्न र सांस्कृतिक कार्यक्रममा सहभागी हुन पूर्ण मात्रा खोप लगाएको प्रमाणित हुनुपर्नेछ।
 
शुक्रबार मात्रै तीन लाख मानिसहरू कोभिड संक्रमित भएका थिए।