२०८० चैत्र १६, शुक्रबार

सुर्खेतमा १२ बुुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी

लहनान्युज | थिंलागा चतुर्दशी ११४२, माघ २ आईतवाः

सुर्खेतमा कोरोनाको संक्रमणको दर तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । कोरोना संक्रमण फैलिन नदिन १२ बुुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको हो ।
 
जिल्लाभर लागू हुने गरी शनिबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्ऽप्रसाद रिजालले शनिबार कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथा, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन उक्त
आदेश जारी गरेका हुन् ।
 
आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनु पर्ने भनिएको छ ।खोप कार्ड मोबाइलमा फोटो भए पनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ।
 
त्यस्तै माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने छन् भने पूर्वनिर्धारित परीक्षाहरू भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ  नियमको पालना नगरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।
 
सार्वजनिक सवारीले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ।
 
अक्सिजनको आपूर्ति सहज बनाउन कोरोनाको दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरू यथाशिघ्र सम्बन्धित उद्योग, अस्पताल स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा हस्तान्तण गर्ने पनि आदेशमा उल्लेख छ ।
साथै प्रशासनले आदेशको पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित अनुगमन गर्ने बताएको छ।