२०८१ बैशाख ७, शुक्रबार

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै ज्ञापन पत्र

लहनान्युज | पोहेलागा दशमी ११४२, माघ १३ बिहीवाः

प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै ज्ञापन पत्र पठाइएको छ ।
 
यादवले केहिदिन अघि रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउन अनुरोध गरिएको छ ।
 
मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् ।
 
हामी लोकतन्त्रमा विश्वास गर्ने, बिमति राख्नेलाई सम्मानपूर्वक आफ्ना विचारलाई सही दिशामा अगाडि बढाउँदै जनमत निर्माण गरी आफू सही रहेको र बिमतिलाई सहमतिमा परिवर्तन गर्नेमा विश्वास गर्ने भएकोले राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने
भएकाले आफ्नो जिम्मेवारी र जनताप्रतिको दायित्व सम्झी यो ज्ञापन बुझाइएको सभासद कर्णले बताएका छन् ।
 
५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।