२०८१ बैशाख १३, बिहिबार

शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सीसीएमसीसीको सिफारिस

पोहेलागा एकादशी ११४२, माघ १४ शुक्रवाः

कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।
 
बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
 
यस्तै बैठकले सार्वजनिक गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सार्वजनिक गाडीमा भिड बढ्दा कोरोनाको जोखिम झनै बढेको छ ।
 
‘जिल्ल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैँ पनि जोर–बिजोर हटाउन सक्ने भन्दै ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रीपरिषदमा सिफारिस गरिएको सीसीएमसीसीले जनाएको छ।
 
निजी गाडीको हकमा भने जोर–बिजोर प्रणाली लागू नै गर्न सिफारिस गरिएको छ ।