२०८१ बैशाख १२, बुधबार

एमाले संसदीय दलमा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरे

लहनान्युज | सिल्लाथ्व त्रयोदशी ११४२, फागुन २ सोमवाः

नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
 
नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो । तीमध्ये एउटा हस्ताक्षर संकलन बैठकको उपस्थितिको लागि थियो भने बाँकी ५ वटामा विषय खुलाइएको थिएन । 
 
सोमबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवादमा के गर्ने भन्ने निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ ।
 
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरूको हस्ताक्षर संकलन गरेको र शीर्ष नेतृत्वको निर्णयपछि अघि बढ्ने बताएका छन् । जबराविरुद्धको महाअभियोगको विरोधमा एमालेले काउन्टर महाअभियोग ल्याउने तयारी रहेको सांसद कृष्णभक्त पोखरेलले अनलाइनखबरलाई बताएका थिए।