२०८१ बैशाख १४, शुक्रबार

कोरोना भाइरसविरुद्धको खोपमा गम्भीर लापरवाही

लहनान्युज | सिल्लाथ्व चतुर्दशी ११४२, फागुन ३ मंगलवाः

कोरोना भाइरसविरुद्धको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले गम्भीर लापरवाही भएको बताएको छ ।
 
छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको बताएको छ ।
 
समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ ।
 
कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए।