स्थानीय चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना
लहनान्युज | सिल्लागा षष्ठी ११४२, फागुन १० मंगलवाः

स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना देखिएको छ ।
विद्युतीय मतदान प्रयोगबारे निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले भने सकेसम्म विद्युतीय मेसिनबाट स्थानीय तहको चुनाव गराउन सुझाव दिएको थियो ।
निर्वाचन आयोगले मतपत्रकै प्रयोग गरी मतदान गराउन कागज खरिदका लागि टेन्डर समेत आह्वान गरेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार विद्युतीय मेसिनका लागि आवश्यक पर्ने आर्थिक स्रोत तथा देश बाहिरबाट खरिद गर्ने मेसिनको प्रमाणीकरणमा मुख्य समस्या छ।
त्यसका साथै चुनावमा भाग लिने दलहरुबीच विद्युतीयमेसिन प्रयोगका लागि सहमति जुट्न पनि गाह्रो रहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।
सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरिसकेको छ । त्यसैअनुसार निर्वाचन आयोगले चुनावको तयारी तीव्र पारेको छ।