२०८१ बैशाख १५, शनिबार

मतदाता नामावलीमा दाबी विरोध आजदेखि

लहनान्युज | चिल्लाथ्व द्धितीया ११४२, फागुन २० शुक्रवाः

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले आज शुक्रवारदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गन दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । 
 
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ । 
 
७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताउनुभयो । 
 
यस्तै आयोगले स्थानीय तह चुनावका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनमाथि  जाँच÷बुझ गरिरहेको पनि जनाएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । तोकिएको अवधिमा ८० दलले दर्ता गर्न निवेदन दिएका थिए।
 
सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने गरी मिति तोकिसकेको छ।