२०८१ बैशाख १४, शुक्रबार

७३ राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्णय

लहनान्युज | सिल्लाथ्व चतुर्दशी ११४२, ३ बिहीवाः

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको छ । 
 
बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिह्न प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको जानकारी दिए ।