२०८० चैत्र १५, बिहिबार

युक्रेनको राजधानी नजिकै अर्को सामूहिक चिहान फेला परे

लहनान्युज | चौलाथ्व नवमी ११४२, चैत्र २७ आईतवाः

युक्रेनकोे राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको छ।
 
रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले बताएको बीबीसीले जनाएको छ ।  
 
युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो।
 
सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ । 

अघिल्लो वर्ष इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले रुसी सरकारको बजेटको एक तिहाइ भन्दा बढी ओगटेको थियो ।
 
युरोपेली सङ्घ एक्लैले रुसलाई ऊर्जाका लागि प्रतिदिन एक अर्ब युरो तिर्ने बीबीसीले जनाएको छ।