२०८१ बैशाख ८, शनिबार

सम्पूर्ण युरोप रुसी आक्रमणको निसाना भएको, राष्ट्रपति जेलेन्स्की

लहनान्युज | चौलाथ्व नवमी ११४२, चैत्र २७ आईतवाः

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति अबेर सम्बोधन गदै सम्पूर्ण युरोप रुसी आक्रमणको निसाना भएको बताएका छन् । जेलेन्स्कीले रुसको आक्रमण युक्रेनमा मात्र सीमित नभएको बताए ।
 
युक्रेनी वार्ताकार मिखाइलो पोदोल्याकले भने देशको पूर्वी क्षेत्रमा रुस पराजित नभएसम्म राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नभेट्ने बताए ।रुसको बल प्रयोग एउटा विपत्ति भएको र त्यसले निश्चित रूपमा सबैलाई असर गर्ने उनको भनाइ छ । 
 
उनले देशको पूर्वी भागमा ठूलो संख्यामा तैनाथ भएका रुसी फौजसँग कडा लडाईंका लागि युक्रेन तयार रहेको पनि बताएका छन् । “यो कडा लडाईं हुनेछ, हामीले यो लडाईं र हाम्रो जीतमा विश्वास गछौँ । हामी एकैसाथ लड्न र युद्ध अन्त्य गर्न कूटनीतिक तरिकाहरू खोज्न तयार छौँ,” उनले थपे ।
 
जेलेन्स्कीले पश्चिमा देशलाई रुसी उर्जा उत्पादनमा पूर्ण ‘इम्बार्गो’ (निषेध) लगाउन र युक्रेनलाई थप हातहतियार आपूर्ति गर्न आग्रह गरेका छन् ।