२०८१ बैशाख ७, शुक्रबार

टेलिकमको सदभावना दूतमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त

थिंला द्धादशी ११४२, मंसीर २९ बुधवाः

नेपाल टेलिकमले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सद्भावना दूत नियुक्त गरेको छ ।

मुलुकको हास्यव्यंग्य क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको हो ।

टेलिकम केन्द्रीय कार्यालयमा हिजो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभयो ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई कम्पनीको सद्भावन दूत नियुक्त गर्न पाउँदा खुशी लागेको भन्दै कम्पनीका सेवा सुविधाका बारे आम जनतालाई समयमै सुसूचित गराउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक संस्थाको सद्भावना दूत हुन पाएकोमा आफूहरुले पनि गौरव महशुस गरिरहेको बताउनु भयो ।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नुहुने जनाइएको छ ।