२०८१ बैशाख ७, शुक्रबार

नेटोले भने सदस्य राष्ट्र माथि हमला गरेको खण्डमा सैनिक हस्तक्षेप गर्ने

लहनान्युज | सिल्लागा त्रयोदशी ११४२, २ बुधवाः

युक्रेनी पत्रकारले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जनरल जेन्स स्टोल्टेनबर्गलाई हाल रुसले युक्रेनमाथि गरिरहेको आक्रमणमा नेटोले कहिले हस्तक्षेप गर्ने हो भनी प्रश्न गरेका छन्।

सेना प्रमुख स्टोल्टेनबर्गले यदि रुसले नेटोका कुनै पनि सदस्य राष्ट्र माथि हमला गरेको खण्डमा मात्र नेटोले प्रत्यक्ष रूपमा सैनिक हस्तक्षेप गर्ने तथा युक्रेन नेटोको सदस्य नरहेको जवाफ दिएका छन्।

नेटोमा कूल ३० वटा सदस्य राष्ट्र रहेका छन् । ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्टोल्टेनबर्गले अगाडि भनेका छन्, “रुसबाट युक्रेनमा भएको यस आक्रमणले युरोपमा ’नयाँ सुरक्षा वास्तविकता’ सिर्जना गरेको छ।

नेटोको सेना स्थिति यस नयाँ वास्तविकताका लागि तयार रहनुपर्दछ । भोलि नेटोका नेताहरूबीच दिर्घकालसम्म सुरक्षालाई सुदृढ बनाउने ठोस उपायहरूबारे छलफल सुरु हुने छ ।“