२०८१ बैशाख २४, सोमबार

नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने

लहनान्युज | थिंला पुन्ही ११४२, पुष ४ आईतवाः

नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ।

कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख पुर्याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ।

हालै सम्पन्न कम्पनीको साधारणसभाले १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ।

एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ। कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ।