२०८१ बैशाख २३, आइतबार

नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो

रसिया श्रेष्ठ | थिंला त्रयोदशी ११४२, पुष १ बिहीवाः

शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

आज दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ।

नेप्से परिसूचक आज दोहोरो अंकले घट्दा कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि पुग्न सकेन।

आज दिनभर भएको ३७ हजार २ सय ३६ कारोबारबाट २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन्।

जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा रोकिएको छ।