२०८१ बैशाख ७, शुक्रबार

लिभरपुल १–० बुत

थिंलागा दशमी ११४२, पुष १४ बुधवाः

इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुललाई हराएको छ ।

गएराति लेष्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । घरेलु टोली लेष्टर सिटीको जितमा एडेमोला लुकम्यानले निर्णायक गोल गरे ।

खेलको सुरुमै लिभरपुलका मोहोमद सालाहको पेनाल्टी प्रहारलाई विपक्षी गोलरक्षक कास्पर स्माइकलले रोकिदिए । हारसँगै लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी घटाउने अवसर गुमाएको छ ।

लिगमा सिटीको १९ खेलबाट ४७ अंक छ । समान खेलबाट लिभरपुल र चेल्सीको ४१ अंक भएको छ । गएराति भएका प्रिमियर लिगकै अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई ४–१ ले हराउँदा क्रिष्टल प्यालेसले नरिच सिटीमाथि ३–० को जित निकाल्यो ।

साउथह्याम्पटन र टोटनह्याम हट्सपरले १–१ गोलको बराबरी खेल्दा आर्सनल र वुल्भरह्याम्पटन तथा लिड्स युनाइटेड र एस्टन भिल्लाबिचको खेल कोभिडका कारण ‘पोस्ट पोन्ड’ गरियो ।

Categorized in कासा