२०८१ बैशाख ७, शुक्रबार

श्रीलंकाली राष्ट्रपति निवास बाहिर विरोध प्रदर्शन

लहनान्युज | चिल्लागा औंसी ११४२, १८ शुक्रवाः

श्रीलंकाली राष्ट्रपति गोताभाया राजपाक्षेको निवास बाहिर खाद्यान्न, इन्धन र उर्जाको चरम अभाबका कारण विरोध प्रदर्शन भएपछि कर्फ्यु जारी गरिएको छ।

विदेशी मुद्रा सटही समस्याका कारण श्रीलंकाले अत्यन्तै नाजुक अर्थतन्त्रको सामना गरिरहेको छ। १३ घन्टा लामो विद्युत् लोडसेडिंग, इन्धन र अत्यावश्यक खाद्य वस्तुलगायत औषधिको अभावका कारण जनआक्रोस उच्च विन्दुमा पुगेको छ।

प्रहरीले सडकमा तेर्साएका अवरोधहरु पार गर्दै एउटा बसमा आगजनीसमेत गरेको बताइएको छ। राष्ट्रपति राजपाक्षेले यस घटनामा ‘अतिवादी तत्व’को हात रहेको आरोप लगाएका छन्।