२०८० चैत्र १६, शुक्रबार

“कीर्तिपुर टेलिभिजन” स्थापना गर्न कार्यदल गठन

लहनान्युज | पोहेलागा नवमी ११४२, माघ १२ बुधवाः

कीर्तिपुर नगरपालिकाले टेलिभिजन सञ्चालन गर्न गत माघ ४ गते मंगलबार एक छलफल कार्यक्रमको आयोजना गरेको थियो।

नगरपालिकाका प्रमुख रमेश महर्जनको अध्यक्षतामा कीर्तिपुर नगरका टेलिभिजनकर्मीहरूसँग नगरपालिका भवनमा भएको छलफल कार्यक्रममा प्रविण महर्जनको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको छ । छलफलमा उपस्थित सबै जना नै सो कार्यदलको सदस्यको रुपमा राखिएको छ।

कीर्तिपुर नगरपालिकाका कामहरूलाई पारदर्शिढङ्गले गरिरहेको जानकारी गराउन प्रत्येक महिना पत्रकार सम्मेलन गरी अद्यावधिक गरिरहेको छ भने, साप्ताहिक रुपमा नगर सन्देश बुलेटिन प्रकाशन गरिरहेको छ। आगामी बैठकमा यस बारेमा विस्तृत छलफल गरेर ठोस कार्यक्रम तयार गर्ने बताइएको छ ।

छलफलमा ईण्डिजिनियस टेलिभिनजका कार्यक्रम प्रस्तोता श्रीकृष्ण महर्जन, नेवाः एचडिटिभिका नविन जोशी, नविनजंन महर्जन, कीर्तिपुर मिडिया प्रताप महर्जन, नेपाः च्यानलका प्रदीप खड्गी, टेलिभिजन प्रस्तोता लक्ष्मीकुमार महर्जन, नेपाल टेलिभिजनका मधुकर महर्जन, माउण्टेन टेलिभिजनका पूर्व समाचार प्रमुख चन्द्र बानियाँ, नगर सन्देश साप्ताहिकका उप–सम्पादक ज्ञानकुमार महर्जन, नेवाः एफ.एम.का कार्यक्रम प्रस्तोता जुजुभाइ महर्जन र पाँगा कीर्तिपुरका विशाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।