२०८१ बैशाख २४, सोमबार

नवदुर्गा नाच थिमिमा ल्याईपुर्याए

लहनान्युज | थिंलागा पारु ११४२, पुष ५ सोमवाः

भक्तपुरमा ऐतिहासिक नवदुर्गा नाच आईतबार देखि मध्यपुर थिमि एक हप्तासम्म नचाउन ल्याईपुर्याएको छ।

योमरी पूर्णिमाको दिन मध्यपुर थिमि ५, दिगु भैरव मन्दिरको प्राङ्णमा अपरान्ह पुर्याईने र त्यसदिन बेलुकीसम्म त्यही नचाउने र विधिवट रूपमा नचाउन सकेपछि वनदुर्गा द्यः छें बालकुमारी मन्दिरको पछाडीको सत्तलमा वास वस्ने चलन रहेको छ।

यो नाच आईतबार दिगु भैरव प्राङ्गण, सोमबार, बुद्वबार र शुक्रबार नचाईदैन।

मंगलबार लायकू टोलमा बेलुका, बिहीबार दथुटोल नासद्यमा बेलुका, शनिबार वामुने, ताचो र तछुटोलमा नचाएर मरूटोलमा बाँस बस्ने गरिन्छ भने आईतबार दिनभरी मरूटोलमा नचाईने अनि बेलुका सुतिभैल नचाएर नाच सकाउने र सोही राति भक्तपुर फर्किनु पर्ने परम्परा रहेको छ  यो बाहेक द्यः वयेकेगु भनेर विभिन्न ठाउमा देवतालाई सगुन दिने पनि गरिन्छ।

फोटो रत्न श्रेष्ठ