२०८१ बैशाख १४, शुक्रबार

तीनकुनेको बुद्धपार्क निर्माण मुआब्जाको विवाद मिलाउन रनसक्दा समस्या भएको,विद्यासुन्दर शाक्य

रसिया श्रेष्ठ | थिंला नवमी ११४२, मंसीर २६ आईतवाः

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संघीय सरकारको  कारण ठूला पूर्वाधार बनाउन नसकेको बताएका छन् । ‘संघीय सरकारबाट अनुमति नपाउँदा भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौं,’ उनले भने चक्रपथको विस्तार नसकिएका कारण मोनोरल बनाउन नसकिएको बताएका छन् । त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भएको उनको स्पष्टीकरण छ ।
 
‘काठमाडौंमा बढेको ट्राफिकको समस्याअनुसार यहाँ वैकल्पिक ठूला क्षमताका सार्वजनिक यातायातमा जानैपर्छ,’ उनले भने,’ चक्रपथ विस्तार नसकिँदा मोनोरेलको काम पनि अघि बढाउन सकेनौं । अहिले मेट्रोमा जानुपर्ने कुरा पनि छ, भविष्यमा यसबारे थप अध्ययन हुँदै जाला ।’ महानगरपालिका प्रशासकीय भवन निर्माण सुरु भएको भन्दै बागदरबार लगायतका केही सम्पदा पुर्ननिर्माणका विषयमा मुद्दा परेका कारण ढिलाइ भएको बताए।