२०८१ बैशाख १४, शुक्रबार

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुने कुल संख्या ८ लाख नाघे

लहनान्युज | थिंला दशमी ११४२, मंसीर २७ सोमवाः

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।
 
अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको समाचारमा उल्लेख छ ।  त्यस्तै, पछिल्लो महिना कोभिड संक्रमणबाट हुने मृत्यु ४. ६ प्रतिशतले बढेको छ ।
 
आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ ।
 
अमेरिकामा हालसम्म पाँच करोड ८० लाख १ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ भने आठ लाख १७ हजार ९५६ जना संक्रमितको मृत्यु भएको छ।