२०८० चैत्र १६, शुक्रबार

कीर्तिपुरमा न्हय्गां जात्रा मनाइदै

लहनान्युज | थिंला एकादशी ११४२, मंसीर २८ मंंगलवाः

कीर्तिपुरमा न्हय्गां जात्रा (सात गाउँले) जात्रा मनाइरहेको छ । शनिवार वडा नं. ९ स्थित नगांको बालकुमारी स्थानमा धाल्चा खाकेगु जात्रा भएको थियो भने कीर्तिपुर डाँडाकाहरूले छ्वयेलाबू मनाएका थिए ।

वडा नं. ५, ७ र ८ पर्ने भाजंगल र पांगाबासीहरूले  आइतबार बालकुमारी र विष्णुदेवी देवतालाई खतमा राखेर जात्रा  सम्पन्न गरेका थिए भने आइतबार कीर्तिपुरका साय्मि(मानन्धर)हरूले पीगंदेखि दलूद्यः जात्रा गरेका छन् । सोमबार सात गाउँलेको सबभन्दा ठूली देउता मानीएको ईन्द्रायणीको जात्रा कीर्तिपुर डाडाँमा भैरहेको छ भने आसपासका गाउँहरू (चन्द्रागिरि नगरपालिकाको सतुंगल, ल्ह्वंखा, बोसिगां, मच्छेगां, नैकाप, तापाख्यः) लगायतकाले पनि श्री गणेश, भैरव र विष्णुदेवीलगायतका देवीदेवटाहरू स्थानीय बःखुमा ल्याइ त्यहाँबाट जात्रा गरी आ–आफ्नो स्थानमा लगेर जात्रा गरिरहेका छन् ।

कीर्तिपुुरमा वडा नं. २ स्थित पीगबाट ईन्द्रायणी देउतालाई खतमा राखी जात्रा गरी वडा नं. १ स्थित लाय्कूसम्म ल्याइने हो भने लाय्कूमा पुगेपछि द्वारेपुजा गर्ने गरिन्छ । यो जात्रा कीर्तिपुर डाँडाका प्रत्येक टोलहरूले पालैपालो आयोजना गर्ने गरिरहेकोले यस वर्ष वडा नं. १ स्थित गुँदे दाफा खलः अन्तर्गत इछेँ, ह्वाकंचा, बाकुननी, सतःक्व र सलिंछेँ टोल र वडा नंं. ३ स्थित कुतुझोलटोलको पालो रहेकोले आयोजक टोलले लाय्कूमा द्वारे पुजा गर्ने गरिन्छ ।

द्वारेपुजा सकिएपछि जात्रा गरिरहेको धिमे बाजा पुनः पीगंमा गई त्यहाँ लाखेपाः बसिरहेकोलाई र वहाँसँगै भेलूलाई पुनः जात्रा गरी ल्याइने चलन रहेको छ ।कीर्तिपुर नगरपालिकाको अधिकांश बस्तिमा मनाइने यस न्हय्गां जात्राको उपलक्ष्यमा कीर्तिपुरनगरपालिकाले प्रत्येक वर्ष झैं यस वर्ष पनि सम्पूर्ण नगरबासीलाई हार्दिक शुभकामना व्यक्त गर्दै सोमबार एक दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।