२०८१ बैशाख ८, शनिबार

आज शेयर बजार ६ प्रतिशतले बढे

रसिया श्रेष्ठ | थिंला एकादशी ११४२, मंसीर २८ मंंगलवाः

आज शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ।

आज १ बजेभित्र ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजार पुनः बढ्यो र त्यसले ६ प्रतिशतको बिन्दु छोयेको थियो।

आज निर्धारित ३ बज्नु अगाडि नै कारोबार बन्द भएको हो । आइतबार र सोमबार बजारमा ठूलो पहिरो गएको थियो । आज बजार बन्द हुनु अगाडि १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको थियो।

यो वृद्धि ६.०१ प्रतिशत हो । सोमबार सबै परिसूचकमा हरियाली छायो । कारोबार बन्द हुनु अगाडि १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १ सय ४४ रुपैयाँको कारोबार भएको थियो ।