२०८० चैत्र १६, शुक्रबार

एमसीसी बोर्ड बैठकमा नेपालको प्रगतिबारे समीक्षा

लहनान्युज | थिंला त्रयोदशी ११४२, पुष १ बिहीवाः

अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्ड बैठकमा नेपालको हालसम्मको प्रगतिबारे समीक्षा भएको छ ।
 
हालै प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई एमसीसी संसदमा लैजाने तयारी गर्न निर्देशन दिएको समाचारहरू सार्वजनिक भएका छन् ।
 
एमसीसीको बोर्ड बैठकमा एमसीसी–नेपाल कम्प्याक्टको हालसम्मको प्रगतिबारे छलफल भएको थियो ।
 
त्रैमासिक बोर्ड बैठकपछि जारी विज्ञप्तिमा नेपालको समीक्षा गर्दै निकट भविष्यमा ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेको उल्लेख छ ।
 
नेपालले एमसीसीको पाँच वर्षे अनुदान कार्यक्रम स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्न ढिलाइ गरेकाले एमसीसीले अब नेपाललाई सहायता दिने निर्णय रद्द गर्ने अनुमान थियो । तर निर्णय नगरेकाले नेपाल सरकारले अनुदान सहायता स्वीकार गर्नेमा एमसीसी बोर्ड आशावादी भएको देखिन्छ ।