२०८१ बैशाख ८, शनिबार

कांग्रेसको महामन्त्रीमा गगन थापाको अग्रता

लहनान्युज | थिंला त्रयोदशी ११४२, पुष १ बिहीवाः

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनु भएको छ।
 
अहिले सम्म १५ सय मत गन्दा थापाले ९५५ मत प्राप्त गर्नु भएको छ।
 
त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ६६० र डा. प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४९, डा.मिनेन्द्र रिजाल २७५ र डा.राजाराम कार्कीको ४६ मत छ।
 
अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।
 
महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन्।
 
सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।