२०८१ बैशाख २३, आइतबार

बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिए

थिंला त्रयोदशी ११४२, पुष १ बिहीवाः

बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन्।
 
यो अहिले सम्म नै धेरै हो। हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।
 
निकै संक्रामक मानिएको ओमिक्रोनका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् ।
 
बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री जोनसनले रेष्टुरेन्ट र रक्सी पसल बन्द नगर्ने तर रेष्टुरेन्ट वा रक्सी पसलमा जाँदा सावधान हुन भने।
 
नयाँ भेरियन्टका संक्रमित बढिरहेका कारण दैनिक संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाउन सक्ने समेत उनको चेतावनी थियो।
 
बेलायतमा हालसम्म ओमिक्रोनबाट १० हजारभन्दा संक्रमित भइसकेका छन् । यसमध्ये एकजना संक्रमितको मृत्यु भएको छ।