२०८१ बैशाख २३, आइतबार

नेपाल टेलिकम सबै पालिकामा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने

लहनान्युज | थिंला चःह्रे ११४२, पुष २ शुक्रवाः

नेपाल टेलिकमले देशभरका सबै पालिका र वडामा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार हुने भएको छ।

यसका लागि सङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएको छ।

मन्त्रालयको तर्फबाट सहसचिव डाक्टर गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्तm सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।

सम्झौता अनुसार नेपाल टेलिकमले सबै पालिका र अन्तगर्तका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ।