२०८१ बैशाख २३, आइतबार

फिलिपिन्समा आँधीबाट १ करोड ३० लाख मानिस प्रभावित

लहनान्युज | थिंला चतुर्दशी ११४२, पुष ३ सनिवाः

फिलिपिन्समा ‘राई’ समुद्री आँधीबाट १ करोड ३० लाख मानिस प्रभावित भएको छ।

अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ। दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले पर्यटकीय क्षेत्र सिरगाओ टापुमा तहसनहस बनाएको छ ।

उक्तm आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ।बिजुलीका तार र खम्बाहरू ढलेर १ सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित ‘राई’ समुद्री आँधी आएको थियो ।