२०८१ बैशाख २३, आइतबार

७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याए

लहनान्युज | थिंला चतुर्दशी ११४२, पुष ३ सनिवाः

६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि सरकारले सच्याएको छ।

अब तत्काल सो निर्णय कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ।अर्को सूचना जारी नभएसम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमनले शनिबार जनाएको छ।

क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए।हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ।