२०८१ बैशाख २३, आइतबार

छत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्टको समुदघाटन सम्पन्न

थिंला चतुर्दशी ११४२, पुष ३ सनिवाः

आज काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको अक्सिजन प्लान्ट ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले समुदघाटन गर्नु भइको छ।

उक्तm कार्यक्रममा मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन पनि सबै क्षेत्रलाई आग्रह गरेकी छन् ।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन् । सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको उनको भनाइ छ।

चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठको सभापतित्वमा  भइको उक्तm कार्यक्रममा काठमाडौ महानगरपालिका १७ वडाध्यक्ष नबिन मानन्धरको पनि उपस्थिति थियो