२०८१ बैशाख २३, आइतबार

नेदरल्याण्डमा आज देखि लकडाउन

लहनान्युज | थिंला पुन्ही ११४२, पुष ४ आईतवाः

नेदरल्याण्डमा आज आइतबारदेखि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न लकडाउन लगाइने भएको हो।

शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन्।

अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ थियो।

सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन्।

तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन्। बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन्।

शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ।