२०८१ बैशाख २४, सोमबार

बेलायतमा ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

लहनान्युज | थिंला पुन्ही ११४२, पुष ४ आईतवाः

बेलायतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

संक्रमित हुनेको संख्या झण्डै २५ हजार बेलायतमा पुगेको छ । बेलायतको स्वास्थ्य सुरक्षा निकायले ओमिक्रोन भेरियन्टबाट शनिबार मात्रै १० हजारभन्दा बढी संक्रमित थपिएसँगै हालसम्म संक्रमित संख्या २४ हजार ९६८ जना पुगेको जनाएको छ।

अहिले सम्म संक्रमितमध्ये ७ जनाको मृत्यु, अस्पताल भर्ना हुने ओमिक्रोन संक्रमितको संख्या ८५ पुगेको छ। पछिल्लो समय बेलायत ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ।

शनिबार मात्र ९० हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन्।