२०८१ बैशाख २४, सोमबार

चिलीमा इतिहासकै सबैभन्दा कम ३५ वर्षका राष्ट्रपतिमा निर्वाचित

लहनान्युज | थिंलागा पारु ११४२, पुष ५ सोमवाः

चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका ३५ वर्षका युवा नेता व्यक्ति निर्वाचित भएका छन्।

३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो। हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउनु भएको छ भने कास्तले ४४ प्रतिशत मत पाउनु भएको छ।

उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गर्नुभएको बीबीसीले जनाएको छ। चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो।