२०८१ बैशाख २४, सोमबार

कीर्तिपुर सिङ्गिङ आइडलको फाइनल पुस १५ गते हुने

लहनान्युज | थिंलागा द्धितीया ११४२, पुष ६ मंगलवाः

कीर्तिपुर नगरपालिकाले आयोजना गरिरहेको कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल प्रतियोगिता यही पुस १५ गते हुने भएको छ।

कीर्तिपुर नगरपालिकाको सभाहलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिएको थियो । कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा नगरका युवापिंढीलाई सांगितिक क्षेत्रमा आकर्षित गराउने उद्देश्यले आयोजना गरेको यस कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का लागि नगरभरिका १५ वर्षदेखि ३० वर्षसम्का युवाहरूलाई गत कार्तिक १५ गतेसम्म आ–आफ्नो गीत मोबालमा खिचेर आयोजकसम्म पु¥याउन सूचना जारी गरेको थियो।

सो समयसम्म जम्मा १९ जना सहभागी भएको थियो । सहभागी सबैलाई दोश्रो चरणको काराओके राउण्डमा छानिएको थियो भने एक जना भने विदेश गएका कारण यस काराओके राउण्डमा जम्मा १८ जना मात्र सहभागी हुनु भएको थियो । यस काराओके राउण्डबाट उत्कृष्ट दश स्थान (टप टेन) छानिएको नगरपालिकाद्वारा गठित आयोजक कमिटी संयोजक संगीतकर्मी हरिशरण साय्मिले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभएको थियो।

कार्यक्रममा संयोजक साय्मिले फाइनल प्रतियोगिता कीर्तिपुर नगरपालिका वडा नं. ८ पाँगामा नवनिर्मित कीर्तिपुर सिनेप्लेक्स हलमा हुनेसमेत जानकारी दिनुभएको थियो । कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को उत्कृष्ट दश स्थान (टप टेन) मा प्रशान्त सुवेदी, जोन महर्जन, दिवेन वज्राचार्य, रसिक मालाकार, अतुलमानन्धर, निकेश मानन्धर, नफिसा महर्जन, सुदेश महर्जन, कृपा बाँस्कोटा र एकता महर्जन रहनु भएको छ।