२०८१ बैशाख २४, सोमबार

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट छुट्टीका योजना रद्द गर्न आग्रह

थिंलागा द्धितीया ११४२, पुष ६ मंगलवाः

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले एक सन्देश जारी गर्दै “जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो।

ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको छ ।”यो अवस्थामा क्रिसमस र नयाँ वर्षका लागि तय गरिएका कार्यक्रमहरू रद्द गर्नु वा पछाडि सार्नु उपयुक्त हुने उनको भनाइ छ।