२०८१ बैशाख २४, सोमबार

नाराबाजी बीच दुईवटा अध्यादेश स्वीकृत

लहनान्युज | थिंलागा द्धितीया ११४२, पुष ६ मंगलवाः

प्रमुख विपक्षी दल नेकपा एमालेको विरोध बावजुद आज मंगलबार पनि प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ।

बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए।

आजको बैठकमा यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ।

यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार भयो।