२०८१ बैशाख २६, बुधबार

प्राइम कमर्सियल बैंकको प्रस्तावित लाभांश पारित

लहनान्युज | थिंलागा तृतीया ११४२, पुष ७ बुधवाः

प्राइम कमर्सियल बैंकको प्रस्तावित लाभांश पारित भएको छ।

साधारणसभाले बैंकले २ अर्ब ५७ करोड ३२ लाख बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको हो ।

बैंकको १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालकमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।