२०८१ बैशाख २६, बुधबार

प्रतिनिधिसभाबाट ४ वटा अध्यादेश स्वीकृत

लहनान्युज | थिंलागा तृतीया ११४२, पुष ७ बुधवाः

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच पनि आज बुधबार प्रतिनिधिसभाबाट ४ वटा अध्यादेश स्वीकृत भएको छ।
 
प्रतिनिधिसभाबाट आज नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।
 
मंगलबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको थियो ।
 
प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख सापकोटाले संसदको कारबाही अघ बढाए । अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दिएका थिए । तर उनको विरोधको सूचना बहुमतले अस्वीकृत भयो ।
 
अध्यादेश स्वीकृत भएपछि प्रतिनिधिसभा पुस १८ गतेसम्मका लागि स्थगित भएको छ।